नेत्र उपचारको पहुँच सबैमा पुर्याउने उद्देश्यले नेपाल नेत्र ज्योति संघ, लुम्बिनी आँखा प्रतिष्ठान तथा अनुसन्धान केन्द्र र श्री राणा अम्बिका शाह अस्पतालको संयुक्त आयोजनामा आज कपिलवस्तु नगरपालिका–८, कुँवागाउँमा निःशुल्क आँखा शिविर तथा शल्यक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय साझेदारको रूपमा आँखा अस्पताल तौलिहवा को सहकार्य रहेको थियो। शिविरमा गाउँकै दर्जनौं सर्वसाधारणले आँखासम्बन्धी विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
शिविरमा दृष्टि परीक्षणदेखि लिएर मोतिबिन्दु लगायतका सामान्य शल्यक्रियासमेत गरिएका छन्। स्थानीय बासिन्दाहरूले यस्तो सेवा पाउँदा खुसी व्यक्त गरेका छन् र आयोजक संस्था तथा चिकित्सक टोलिलाई धन्यवाद दिएका छन्।

आयोजक संस्थाका अनुसार आगामी दिनमा पनि ग्रामीण भेगमा यस्ता निःशुल्क स्वास्थ्य सेवा निरन्तर सञ्चालन गरिँदै जानेछ।
Leave a Reply