सामाजिक व्यंग्य पोस्ट — “ओलिको चेली”

बिराटनगरबाट भर्खरै म काठमाडौं ओर्लिएँ। झट्ट हेर्दा लाग्थ्यो, सायद म जापान झरिएँ कि जस्तो! एक घण्टामै काठमाडौं “रेल”ले पुर्यायो—द्रुतगतिमा हुइँकियो, सिट त आरामदायक, झ्यालबाट हेर्दा पूर्वाधारै पूर्वाधार! र म त दङ्ग परेँ।

रेलबाट ओर्लिएपछि मेट्रो समाएँ—Metro! त्यो पनि चार मिनेटमा आउँछ अनि सटिक टाइममा जान्छ। साच्चै भन्नुपर्दा, काठमाडौंको मेट्रो स्टेशन त Singapore Metro System भन्दा कम थिएन। चम्किलो फ्लोर, डिजिटल बोर्ड, QR कार्ड र मुस्कानसहितको स्टाफ!

साथीको कोठामा पुगेपछि झनै अचम्ममा परेँ। खाजा बनाउने कुनै एलपी ग्यासको सिलिन्डर होइन—‘पाइपवाला ग्यास’ थियो! बटन थिचेपछि ५ मिनेटमै खाजा तयार। म त आफैँलाई Future को Nepali version को Netflix show मा महसुस गरिरहेको थिएँ।

“AC महँगो पर्दैन?” भनेर सोध्दा साथीले एकदमै प्यारो हाँसो दिंदै भन्यो—“हावाबाट निकालिएको बिजुली हो। सस्तो छ, लिटरको दरले होइन, वातावरण मैत्री हिसाबले चल्छ।”

मनमनै सोचेँ—”ओहो! यो त नेपाल हैन, ‘Nepal 2.0’ पो त!”

त्यसपछि हामी धरहरा घुम्न निस्कियौं। पार्किङ? ओहो! चौथो तल्लासम्म कार खचाखच! लिफ्टबाट दसौं तलामा पुगेर हेर्दा, काठमाडौंलाई अब चिन्नै सकिन्न। Flyover, greenery, smart traffic, अनि QR बाट तिरिने जर्मनी-जस्तो टोल कर!

अब स्वयम्भू जाने भनेपछि बाइक? होइन, हामी केबलकार चढ्यौं! अचेल केबलकारले केवल घुम्ने ठाउँ मात्र हैन, daily commute पनि गर्दो रहेछ।

र, मेरो पुरानो सपनाको क्षण आयो—“पानीजहाज चढ्ने।” बाग्मती नदी! बाग्मती भनेर नहुनु है! यो त hybrid-engine waterway पो रहेछ। Kathmandu बाट Indian Ocean तिर सिधै पाइपलाइन् जस्तै riverway गइसकेको। कस्तो रमाइलो! चिया हातमा, wave मा balance गर्दै, साँच्चिकै पानीजहाज चढेँ।

त्यहाँबाट फेरि Metro train समाएर ३० मिनेटमै फर्किएँ काठमाडौं।

अनि… अन्त्यमा म आफैसँग सोच्न बाध्य भएँ…

👉 “Stunt गरेर मात्रै देश बन्दैन है!”
👉 “PowerPoint देखाएर मात्रै विकास हुँदैन!”
👉 “TikTok speech र हावादारी भाषणले Metro कुद्दैन!”

देश बनाउनु छ भने — भिजन चाहिन्छ, सिस्टम चाहिन्छ, इमान चाहिन्छ!

गफ चाहिएको हो भने त म पनि ‘ओलिको चेली’ बनेर यस्तै भाषण दिन्थेँ नि!