मनिपाल शिक्षण अस्पतालमा रोजगारीको सुनौलो अवसर – इच्छुकले वैशाख ३१ गतेभित्र आवेदन दिनुहोस्

नेपाल मनिपाल शिक्षण अस्पतालले स्वास्थ्य सेवा क्षेत्रमा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरूका लागि सुनौलो अवसर खुला गरेको छ। अस्पतालले anm, cma, ha, स्टाफ नर्स, स्पोर्ट्स फिजियोथेरापिस्ट, इमेजिङ टेक्नोलोजिस्ट, अडियोलोजिस्ट, र होस्टेल वार्डेन पदहरूमा कर्मचारी माग गरेको हो।

संस्थाले स्वास्थ्य क्षेत्रमा दक्षता, समर्पण र पेशागत आचरण भएका उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको छ। यस अवसरले विशेष गरी नयाँ स्वास्थ्यकर्मीहरूलाई प्रतिष्ठित संस्थामा काम गर्ने अवसर प्रदान गर्नेछ भने अनुभवीहरूका लागि करियरमा नयाँ उचाइ चुम्ने अवसर पनि हुनेछ।

आवेदन दिने अन्तिम म्याद: २०७९ वैशाख ३१ गतेसम्म।
इच्छुक उम्मेदवारहरूले अस्पतालको आधिकारिक वेबसाईट वा मानव संसाधन विभागमा सम्पर्क गर्न सक्नेछन्।

mews media को सन्देश
स्वास्थ्य सेवा हाम्रो समाजको मेरुदण्ड हो। यस्ता अवसरहरूलाई छुटाउन नदिनुहोस्। अझै पनि द्विविधामा हुनुहुन्छ? आफ्नो योग्यताको मूल्य बुझ्नुस् र आजै आवेदन दिनुस्।