राजा महेन्द्रको विवाहमा खर्चिएको सुन–चाँदी आजको मूल्यमा साढे दुई अर्ब रुपैयाँ!

काठमाडौं — सन् १९४० तिर नेपालको शाही इतिहासमा एउटा भव्य र ऐतिहासिक क्षण थियो— राजा महेन्द्रको विवाह। बिक्रम सम्बत १९९७ साल बैशाख २६ गते सम्पन्न भएको उक्त विवाह केवल एक पारिवारिक समारोहन नभई सम्पूर्ण राष्ट्रका लागि गौरवको प्रतीक थियो। तर आजको परिप्रेक्ष्यमा हेर्दा त्यो विवाहको खर्च आँखा झिम्क्याउने खालको छ।

राजा महेन्द्रको विवाहमा १४,७६०.८० तोला सुन र १०,००० तोला चाँदी प्रयोग गरिएको ऐतिहासिक अभिलेखहरूमा उल्लेख छ। यदि आजको बजार मूल्यअनुसार हिसाब गरियो भने (जसमा १ तोला सुनको मूल्य झण्डै एक लाख ४५ हजार रुपैयाँ मान्दा) केवल सुनमा मात्र करिब २ अर्ब १४ करोड रुपैयाँ खर्च भएको देखिन्छ। यसमा चाँदीको मूल्य समेट्दा यो आँकडा साढे दुई अर्ब रुपैयाँ नाघ्ने अनुमान गर्न सकिन्छ।

यो तथ्यले नेपालको तत्कालीन शाही परम्परा, सांस्कृतिक र भौतिक वैभव तथा विवाहलाई राष्ट्रको प्रतिष्ठासँग जोडिएको दृष्टिकोण झल्काउँछ।