काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिएको छ। अदालतका सह–रजिष्ट्रार अच्युत कड्केलले आदेश पत्र जारी गर्दै चौधरीलाई तुरुन्तै थुनामुक्त गर्न निर्देशन दिएका हुन्।
उक्त आदेशमा भनिएको छ, “यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेखित मुद्दा नं. १२१७७, मिति २०८२।१।१७ मा कैदमा राखिएको सन्दर्भमा कारागार कार्यालय डिल्लिबजारको नाममा लेखिएको पत्र अदालतको आधिकारिक पत्र नभएकाले सो पत्रको कार्यान्वयन नगरी कैलाली जिल्ला साविक दुगौली गा.वि.स वडा नं. ८, हाल जानकी गाउँपालिका वडा नं. ६ घर भएका लालबीर चौधरीका छोरा रेशमलाल चौधरी पक्राउ परेका भए तत्काल रिहा गर्न अनुरोध गरिएको छ।”
यसअघि शंकास्पद पत्रकै आधारमा चौधरी पक्राउ परेका थिए। उनी पक्राउ परेपछि जनमत पार्टीसँगको एकता प्रक्रिया पनि सुरु भएको थियो।
Mews Khabar – निष्पक्ष समाचारको स्रोत
#ReshamChaudhary #SupremeCourtNepal #NagarikUnmukti #BreakingNews #NepalPolitics