रुपन्देही, वैशाख १७ – मायादेवी गाउँपालिकाले नगर प्रहरी पदका लागि आवश्यक प्रारम्भिक स्वास्थ्य तथा शारीरिक परीक्षण कार्यक्रमको जानकारी सार्वजनिक गरेको छ। गाउँपालिकाको २०७९/१२/२२ मा प्रकाशित सूचनाअनुसार, खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत नगर प्रहरी पदपूर्तिका लागि योग्य उम्मेदवारहरूको प्रारम्भिक परीक्षण वैशाख २४ गते (२०८२/०१/२४) बिहान ७:०० बजेबाट सुरु हुने जनाइएको छ।
परीक्षण स्थल:
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बेलझण्डी, बुटवल–रुपन्देही।
यस परीक्षणमा सहभागी हुन चाहने उम्मेदवारहरूले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र र प्रवेश पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ। साथै, तोकिएको समयभन्दा २० मिनेट अगावै परीक्षा स्थलमा उपस्थित हुन निर्देशन दिइएको छ।
विशेष निर्देशनहरू:
परीक्षणका दिन मोबाइल, घडी, गहना वा अन्य बहुमूल्य सामग्री ल्याउन निषेध गरिएको छ। पुरुष उम्मेदवारले अनिवार्य रूपमा कट पाइन्ट पाइन्ट र टीशर्ट लगाउनु पर्नेछ। शारीरिक परीक्षण पश्चात मात्र स्वास्थ्य परीक्षण गरिनेछ। नतिजा मायादेवी गाउँपालिकाको वेबसाइट https://mayadevimunrupandehi.gov.np/ मा सार्वजनिक गरिनेछ। प्रवेश पत्र नल्याउने उम्मेदवारलाई परीक्षणमा सहभागी गराइने छैन।
उपस्थित नभएका उम्मेदवारलाई अन्य कुनै मितिमा परीक्षण गराइने छैन भनी सूचनामा स्पष्ट गरिएको छ। थप जानकारीका लागि गाउँपालिकाको प्रशासन शाखा वा ९८४७०८३८९४ / ९८५७०९६२६५ मा सम्पर्क गर्न सकिनेछ।
Mews Khabar — तपाईंको भरपर्दो खबर स्रोत।
#MayaDeviGaupalika #Nagarprahari #Rupandehi #NepalJobUpdates #MewsKhabar #HealthCheckupNoticehttps://mayadevimunrupandehi.gov.np/
