टीसीएल ग्लोबल नेपालको ब्राण्ड एम्बासेडरमा नायक प्रदीप खड्का

काठमाडौं । टीसीएल ग्लोबल नेपालले चर्चित अभिनेता प्रदीप खड्कालाई दुई वर्षका लागि आफ्नो ब्राण्ड एम्बासेडरको रूपमा नियुक्त गरेको छ।

कम्पनीले विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूको यात्रा सहज र गुणस्तरीय बनाउने उद्देश्यसहित खड्कालाई प्रतिनिधित्व गराएको जनाएको छ। खड्काको लोकप्रियता, युवामाझको प्रभाव, र प्रेरणादायक संघर्षको यात्राले टीसीएलको उद्देश्यसँग मेल खाने विश्वास कम्पनीले लिएको छ।

टीसीएल ग्लोबल नेपालका अनुसार, प्रदीप खड्का जस्ता चर्चित र सकारात्मक प्रभाव पार्ने व्यक्तित्वको सहभागिताले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय शिक्षा तर्फ थप उत्साहित गर्ने अपेक्षा गरिएको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा खड्कासँगको सहकार्यलाई “गौरवपूर्ण साझेदारी” भनिएको छ।

टीसीएल ग्लोबल नेपाल अन्तर्राष्ट्रिय शिक्षा काउन्सेलिङमा क्रियाशील एक संस्था हो, जसले विश्वभरका प्रतिष्ठित शिक्षण संस्थासँग साझेदारी गरेर नेपाली विद्यार्थीलाई परामर्श तथा भर्ना सेवा प्रदान गर्दै आएको छ।