झापामा श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

झापा, भद्रपुर — झापाको कनकाई नगरपालिका–२ सुकेडामा श्रीमतीको हत्या गरेको अभियोगमा ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति कविराजले ३४ वर्षीया श्रीमती पूजा हेमरनको धारिलो हतियार (खुकुरी) प्रयोग गरी घाँटीमा प्रहार गरेर हत्या गरेका थिए।

प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले बताएअनुसार पति–पत्नीबीच भएको झगडापछि घटना भएको हो। हत्या गरेर फरार भएका कविराजलाई प्रहरी टोलीले सुरुङ्गा क्षेत्रबाट नियन्त्रणमा लिएको छ।

हाल घटनास्थल सुरक्षित राखिएको छ भने इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।