‘जे आउँछ मजाले पचाउँछ’ हैन, काम लाग्ने कुरा चाहिन्छ : प्रधानमन्त्री ओलीको स्पष्ट नीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति केवल प्राप्त परिस्थितिमा रमाउने नभई, उपयोगी कुरालाई निरन्तरता दिने र असान्दर्भिकलाई त्याग्ने भएको स्पष्ट पारेका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विगतका सरकारद्वारा घोषणा गरिएका सबै पूर्वाधार परियोजनाको पुनः प्राथमिकीकरण गरिने बताएका हुन्।

उनले भने, ‘‘जे आउँछ मजाले पचाउँछ भनेझैं जे छ, त्यसैमा रम्ने हैन, काम लाग्ने जे छ, त्यसलाई निरन्तरता दिने, जे असान्दर्भिक छ, त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ।’’

ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको पुनरवलोकन गरी ती चालु आर्थिक वर्ष (२०८२/८३) वा वर्तमान प्रतिनिधि सभाको कार्यकालभित्र सकिने गरी वर्गीकरण गरिएको बताए।

त्यस्तै, निर्माणाधीन वा निर्माण गर्नुपर्ने परियोजनाका लागि स्रोतको आकलन गरिने, जसले समयमा सकिने सम्भावना छैन, तिनलाई स्थगन गरिने र त्रुटिपूर्ण योजनालाई खारेज गर्ने नीति लिइएको पनि उनले जानकारी दिए