काठमाडौं, वैशाख २८ — सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (SALICO) को २८औं वार्षिक साधारण सभा आज काठमाडौंको रानीमहल बैन्क्वेट, ज्ञानेश्वरमा सम्पन्न भएको छ। सभा कम्पनीका अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा सम्पन्न भयो।

सभामा अध्यक्ष मुलले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को समग्र प्रगति, व्यवसाय विस्तार, बीमाशुल्क संकलन र मुनाफा वृद्धिका विषयमा शेयरधनीहरूलाई विस्तृत जानकारी दिए। उनका अनुसार कम्पनीले चालु आर्थिक वर्षमा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्दै अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत वृद्धि गरेको छ। साथै, ३१ प्रतिशतले खुद मुनाफा वृद्धि गर्दै वित्तीय प्रदर्शन सुदृढ बनाएको उल्लेख गरिएको छ।
यसै अवधिमा कम्पनीले २.८३ अर्ब रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको २.३८ अर्ब रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
सभाले निम्न निर्णयहरू पारित गरेको छ:
- आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन र वित्तीय विवरण अनुमोदन
- आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति
- शेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश वितरण
- सञ्चालक समितिको बैठक भत्ता वृद्धिको प्रस्ताव पारित
- सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएको रकम अनुमोदन
सभामा १७ जना शेयरधनीले आ-आफ्नो धारणा राख्दै कम्पनीको आगामी योजनाबारे सुझाव र सल्लाह दिएका थिए।
Leave a Reply