३० वैशाख, काठमाडौं । लगातारको वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार केही समयअघिबाट दुईतर्फी सवारी आवागमन पुनः सुरु भएको हो।
सोमबार राति रोशी खोलामा आएको बाढीले माम्तीस्थित डाइभर्सन बगाएको थियो। बाढीले बगाएको डाइभर्सनलाई आज बिहानैबाट मर्मत सुरु गरिएको थियो।

सडक विभागले बिहान ८ बजेदेखि ४ वटा जेसीबी र ५ वटा टिपरमार्फत बगाएको स्थानहरूमा फिलिङ गरेर खोलाको बहाव डाइभर्ट गरेको जनाएको छ।
पूर्वबाट काठमाडौंतर्फ गइरहेका सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो। अहिले ती गाडीहरूलाई विस्तारै सञ्चालनमा ल्याइएको छ।
Leave a Reply