लोकसेवा परीक्षा: परीक्षार्थीले उत्तरपुस्तिका बोकेर गएकी थिइन्, परीक्षा रद्द

काठमाडौँ — लोकसेवा आयोगले खरिदार पदका लागि सञ्चालित लिखित परीक्षामा उत्तरपुस्तिका आफैँ बोकेर केन्द्रबाहिर लगेकी परीक्षार्थी संगिता थापाको परीक्षा रद्द गरेको छ।

आयोगको परीक्षा सञ्चालन शाखाले मंगलबार विज्ञप्ति जारी गर्दै थापाको परीक्षा अमान्य गरिएको जनाएको हो। वैशाख २० गते जलेश्वरको रामनन्दन विशेश्वर क्याम्पस (ख) परीक्षा केन्द्रमा पहिलो चरणको लिखित परीक्षा दिइरहेकी थापाले उत्तरपुस्तिका परीक्षा केन्द्रबाट लैजाने गम्भीर नियम उल्लंघन गरेकी थिइन्।

छेडाडाड–३, जाजरकोट स्थायी ठेगाना भएकी थापाले परीक्षा सम्पन्न भएपछि उत्तरपुस्तिका बुझाउनु पर्नेमा त्यसो नगरी आफैँ लिएर गएको लोकसेवा आयोगले जनाएको छ। आयोगले यसलाई परीक्षाको गम्भीर उल्लंघन मान्दै तुरुन्तै सो परीक्षालाई अमान्य ठहर गरेको हो।

यस घटनाले परीक्षाको गोपनीयता र निष्पक्षता माथि गम्भीर प्रश्न उठाएको छ भने लोकसेवाले परीक्षार्थीहरूलाई नियम पालना गर्न पुनः सचेत गराएको छ।