पत्रकार फणि महतको निधन

पत्रकार फणि महतको निधन भएको छ। अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार महतको मंगलबार राति काठमाठौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

महत लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए र दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। उनले प्रेस चौतारी नेपालको मधेस प्रदेश संयोजकको रूपमा पनि कार्य गरेका थिए।

त्यस्तै, महत चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका कलमपाटी डटकमका सञ्चालकसमेत थिए।

उनका श्रीमती र दुई सन्तान छन्। काठमाडौंमा निधन भएका महतको पार्थिव शरीर रौतहटस्थित चन्द्रनिगाहपुर लगिएको छ, जहाँ उनको बुधबार अन्त्येष्टि गरिने परिवारिक स्रोतले जानकारी दिएको छ।