काठमाडौँ । प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार इन्गेजमेन्ट गरेकी हुन् ।
चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो । कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
दुवै परिवारको सहमतिमा इन्गेजमेन्ट भएको बताइन्छ । टिकोटालो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ ।
कुसुम म्युजिक भिडियोमा व्यस्त मोडल हुन् । उनले फिल्म समेत अभिनय गर्दै छिन्।
Leave a Reply