नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन

नेपाल मगर विद्यार्थी सङ्घको १२ औं राष्ट्रिय महाधिवेशनमा नयाँ केन्द्रीय समिति चयन भएको छ। यसमा राजु पुन मगर अध्यक्षको रूपमा निर्विरोध निर्वाचित भएका छन्।

सङ्घको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्र राना मगर, खुला उपाध्यक्षमा विरेन्द्र अछामी मगर, महिला उपाध्यक्षमा रिया लुङ्गेली मगर, भाषिक उपाध्यक्षमा (बाह्र मगरात) प्रकाश ल्हायो मगर, भाषिक उपाध्यक्षमा (अठार मगरात) मा डिबी आले मगर, महासचिवमा याम बहादुर रोका मगर चयन भएका छन्।

त्यसैगरी, सचिवहरूमा शिव पुलामी नगर, राजिव थापा मगर, छिनिङ लाल थापा मगर र कोषाध्यक्षमा कमल राना मगर चयन भएका छन्।

सङ्घको महाधिवेशनको उद्घाटन वैशाख ५ र ६ गते भएको थियो, र बन्द सत्रपछि आन्तरिक विवादका कारण नयाँ समिति चयन गर्न सकिएको थिएन। त्यसपछि वैशाख ३१ गते निर्वाचनको मिति तय गरिएको थियो।

निर्वाचन समितिले उम्मेदवारी दर्तादेखि मतदान सम्मको समय आजकै लागि तोकेको थियो। तर, अध्यक्षसहित सबै पदमा एक जना मात्रै उम्मेदवार रहेकोले निर्विरोध निर्वाचन सम्पन्न भएको हो। प्रतिनिधि सुकमित राना मगरले यसबारे जानकारी दिएका छन्।