काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द र वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीतमा आधारित गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ। गीतमा स्वर गायक स्वरूपराज आचार्यको रहेको छ।
लामो समयपछि संगीतकार शेषले यही गीतमार्फत संगीत क्षेत्रमा पुनरागमन गरेका हुन्। गीतमा आजको समाजमा मानिसहरूको स्वार्थी प्रवृत्तिलाई विषयवस्तु बनाइएको छ। लाभको लागि नजिकिने तर स्वार्थ पूरा भएपछि सबै सम्बन्ध तोड्ने र कुल्चेर हिँड्ने बानीमाथि आलोचना गरिएको छ।
गीतकार खतिवडाका यसअघि पनि दर्जनौँ चर्चित गीतहरू सार्वजनिक भइसकेका छन्। तीमध्ये ‘स्वदेश छोडी’, ‘मनका कुरा’, ‘विन्दास’, ‘देखुँदेखुँ’, ‘सन्देश पुर्याइदेऊ’, ‘मेरो कथा’, ‘चोखो चोखो’ लगायतका गीतहरू लोकप्रिय छन्।
‘स्वार्थी संसार’ गीतले अहिलेको समाजप्रतिको गहिरो सन्देश बोकेको छ भन्ने विश्वास गरिएको छ।
Leave a Reply