एलन मस्कको कुर्सी हल्लियो! टेस्लाले सुरु गर्‍यो नयाँ सीईओको खोजी म्युज खबर | काठमाडौं, वैशाख १८

टेस्लाका संस्थापक तथा प्रमुख कार्यकारी एलन मस्कको कुर्सी अहिले चर्चाको केन्द्रमा छ। विश्वकै सबैभन्दा मूल्यवान अटो कम्पनी टेस्लाले नयाँ सीईओको खोजी सुरु गरिसकेको वाल स्ट्रीट जर्नलले जनाएको छ।

किन हल्लियो मस्कको कुर्सी?

हाल टेस्लाको स्टक मूल्य लगातार ओरालो लागिरहेको छ। साथै, चीनको BYD कम्पनीसँगको प्रतिस्पर्धामा टेस्ला बिक्रीका हिसाबले पछि परेकोछ। यसअघि कहिल्यै टेस्लाको बिक्रीमा यस्तो गिरावट आएको थिएन।

यसै कारण, टेस्लाको बोर्ड मस्कको उत्तराधिकारी खोज्नमा जुटेको हो। लगानीकर्ता र कर्मचारीहरू पनि मस्कको अनुपस्थितिमा निराश छन्, किनभने उनी हाल वासिङ्टनमा बढी समय बिताइरहेका छन्।

एक कर्मचारीका अनुसार, “हामीले एलनलाई महिनौँपछि बल्ल मार्चमा भएको एउटा सर्वपक्षीय बैठकमा देख्यौँ।”

मस्क व्यस्त छन्, तर उत्तराधिकारी को?

एलन मस्क हाल अमेरिकी सरकारी दक्षता विभागको प्रमुखका रूपमा पनि काम गरिरहेका छन्, जसले उनलाई वर्षमा करिब १३० दिन वासिङ्टनमा समर्पित गराउँछ।

तर मस्क आफैं भन्छन्— “मेरो ठाउँ कसैले लिन सक्दैन!”
उनका अनुसार, टेस्ला सिर्फ कार कम्पनी नभई भविष्यको रोबोटिक्स र अटोमेसनको यात्रामा अग्रसर संस्था हो।

सीईओ दौडमा को–को छन्?

  1. जेबी स्ट्राउबेल – रेडवुड मटेरियल्सका सहसंस्थापक तथा सीईओ, टेस्लाका बोर्ड सदस्य र मस्कका प्रारम्भिक सहकर्मी।
  2. टम झु – टेस्लाका वरिष्ठ उपाध्यक्ष, चीन र अन्तर्राष्ट्रिय बजारमा टेस्ला व्यवस्थापनको नेतृत्व गरिरहेका छन्।
  3. स्टेला ली – BYD कम्पनीकी कार्यकारी उपाध्यक्ष, अमेरिकी बजारमा प्रभावशाली कार्यशैली।
  4. जोन क्राफसिक – वेमो (Waymo) का पूर्व सीईओ, अटोमोटिभ क्षेत्रमा गहिरो अनुभव।
  5. जोस मुनोज – हुन्डाई मोटर कम्पनीका प्रमुख, व्यवस्थापकीय नेतृत्वमा अनुभवी नाम।

टेस्लाको स्टकमा भारी गिरावट

बुधबार टेस्लाको शेयर मूल्य ३.३८% ले घटेर कम्पनीको बजार पूँजीकरण ९४० अर्ब डलरमा झरेको छ। यो घटेपनि, टेस्ला अझै पनि विश्वका शीर्ष १० कम्पनीहरूमध्ये एक हो।

अब टेस्लाको भविष्यमा नेतृत्व कसको हुने? के मस्कको युग समाप्त हुँदैछ? वा उनी फेरि पनि कम्पनी सम्हाल्न कुनै नयाँ चाल ल्याउनेछन्? यति भने निश्चित छ—टेस्ला अब नयाँ मोडमा छ।