रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयो, शुक्रबार पेसी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतमा हाजिर गराइएको छ। बिहीबार अदालत उपस्थित भएका मिश्रको शुक्रबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।

बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सारिका कार्कीले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै २४ घण्टाभित्र मिश्रलाई अनुसन्धानको मिसिलसहित उपस्थित गराउन आदेश दिएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएकोमा जवाफ आउन ढिलाइ भएकाले बिहीबारको लागि इजलासमा पेस नगरिएको अदालतले स्पष्ट पारेको छ।

लिखित जवाफ सुनाएपछि मिश्रको बयान पनि भोलि नै लिइने जनाइएको छ।