चितवन, भरतपुर — चितवनको भरतपुर महानगरपालिका–२५ किसान चोकमा एक हृदयविदारक घटना घटेको छ। ४२ वर्षीय लिला गिरीले दुई बालबालिकामाथि धारिलो हतियार प्रहार गरेका छन्।
घटनामा सजन गिरी र प्रभा गिरी गम्भीर घाइते भएका छन्। सजन लिलाका दाजुको छोरा हुन् भने प्रभा उनकी आफ्नै छोरी हुन्। सजनको उमेर ५ वर्ष र प्रभाको १३ वर्ष बताइएको छ।
प्रहरीका अनुसार गिरीले आक्रमणपछि आफ्नै घाँटी रेटेर आत्महत्या प्रयाससमेत गरेका छन्। अहिले तीनै जना गम्भीर अवस्थामा उपचाररत छन्।
चितवनका एसपी गोविन्द पुरीले घटना पुष्टि गर्दै अनुसन्धान तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिएका छन्। स्थानीय प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान गरिरहेको छ।
यस घटनाले समुदायमा स्तब्धता छाएको छ। घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ
Leave a Reply