सैफ अली खानले ‘हम तुम’ बाट जिते राष्ट्रिय पुरस्कार, अस्वीकार गरिएको फिल्म बने उनको करियरको टर्निङ पोइन्ट
बलिउड अभिनेता सैफ अली खानको करियर सन् २००० पछि परिवर्तनको मोडमा प्रवेश गर्यो। त्यतिबेला रिलिज भएको फिल्म ‘दिल चाहता है’ बाट उनले दर्शक र निर्माताहरूको ध्यान त तान्न थालेका थिए, तर उनी अझै पूर्ण रूपमा स्थापित भइसकेका थिएनन्।
यसपछि सन् २००४ मा रिलिज भएको ‘हम तुम’ फिल्मले सैफलाई बलिउडमा अभिनेताको हैसियतमा पुनः स्थापित गरिदियो। कुणाल कोहली निर्देशित उक्त फिल्ममा सैफको जोडीमा रानी मुखर्जी मुख्य भूमिकामा थिइन्। यो फिल्म सुरुमा आमिर खान, ऋतिक रोशन र विवेक ओबरायलाई अफर गरिएको थियो। तर उनीहरूले अस्वीकार गरेपछि निर्माता आदित्य चोपडाले सैफको नाम अघि सारेका थिए।
निर्देशक कुणाल कोहलीले भारतीय सञ्चारमाध्यम आजतकसँगको कुराकानीमा भनेका छन्, ‘हामीले धेरै हिरोलाई अफर गर्यौं, तर अन्ततः सैफ नै उपयुक्त ठहरिए। सैफको अभिनयले फिल्ममा नयाँ ऊर्जा ल्यायो।’
‘हम तुम’ रिलिज भएसँगै दर्शकले सैफको अभिनयको खुलेर प्रशंसा गरे। यो फिल्मले उनलाई राष्ट्रिय पुरस्कार जिताइदियो, जुन उनको करियरको पहिलो ठूलो अवार्ड थियो।
सैफ अली खानका लागि ‘हम तुम’ एउटा यस्तो अवसर बन्यो जसले उनलाई चकलेटी हिरोको छायाबाट बाहिर ल्याएर, बलिउडको एक स्थापित अभिनेता बनायो।
Leave a Reply