धुलिखेल, काभ्रे — काभ्रेको धुलिखेल नगरपालिका–७ स्थित सञ्जीवनी चोकमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २८ वर्षीय उपेस परियार रहेका छन्।
शनिबार बिहान साढे ११ बजेतिर ११ हजार भोल्टको हाइटेन्सन लाइनमा विद्युत् पोलमा चढी काम गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मीन बहादुर घलेले जानकारी दिए।
घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply