निर्देशक नितेश तिवारीको भव्य प्रोजेक्ट ‘रामायण’ मा अभिनेत्री काजल अग्रवालको इन्ट्री भएको छ। उनले रावणकी पत्नी मन्दोदरीको भूमिका निर्वाह गर्दैछिन्। यो भूमिका पहिला साक्षी तन्वरलाई दिइने भनिएको थियो, तर पछिल्लो रिपोर्ट अनुसार काजलले सुटिङ सुरु गरिसकेकी छिन्।
सूत्रका अनुसार मन्दोदरीको पात्र गहिरो भावनात्मक र शक्तिशाली भएकाले निर्माता टोलीलाई यसलाई सशक्त रूपमा उतार्न सक्ने कलाकार चाहिएको थियो। उत्तर र दक्षिण भारतमा काजलको लोकप्रियता उच्च रहेकोले उनलाई छनोट गरिएको हो।
यस मेगा फिल्ममा साउथ सुपरस्टार यश रावणको भूमिकामा देखिने छन्। रणबीर कपूर भगवान रामको भूमिकामा, साई पल्लवी सीता, रवि दुबे लक्ष्मण, लारा दत्ता कैकेयी र सनी देओल हनुमानको भूमिकामा प्रस्तुत हुनेछन्।
रामायण दुई भागमा निर्माण भइरहेको छ। पहिलो भाग २०२६ को तिहारमा र दोस्रो भाग २०२७ को तिहारमा रिलिज हुनेछ। फिल्मका भिजुअल इफेक्टहरू ओस्कार विजेता कम्पनी DNEG ले तयार गरिरहेको छ।
काजल अग्रवाल पछिल्लो पटक सलमान खानको ‘सिकंदर’ फिल्ममा देखिएकी थिइन्। ‘मगधीरा’, ‘सिंघम’, ‘थुप्पक्की’, ‘मर्सल’ जस्ता ब्लकबस्टरहरूमा काम गरिसकेकी काजलको यो नयाँ भूमिकाले रामायणमा नयाँ रङ भर्ने पक्का देखिन्छ।
Leave a Reply