अछाम र दाङमा जबरजस्ती करणी: दुई अभियुक्त पक्राउ

काठमाडौं ।
अछाम र दाङ जिल्लामा भएका दुई फरक घटनामा जबरजस्ती करणीको आरोपमा दुईजना व्यक्तिहरू पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार अछामको चौरपाटी गाउँपालिका–१ का २६ वर्षीय डबल बहादुर थापा २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा शनिबार साँझ पक्राउ परेका हुन्।
उक्त आरोपपछि जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले थापालाई नियन्त्रणमा लिएको हो।

त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१७, बनकट्टाका ७५ वर्षीय गिरीराज बुढाथोकीले ७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीपछि उनलाई पनि शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
बुढाथोकीविरुद्धको उजुरीपछि इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी बिजौरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुबै घटनामा आवश्यक अनुसन्धान जारी रहेको छ।