नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सोमबार बिहान ८:५६ बजे सगरमाथा आरोहण गरेकी छन्। नेपाल प्रहरीले पुष्टि गरेअनुसार, उनी सर्वोच्च शिखर चढ्न सफल भएकी हुन्।
शेर्पाले ‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौं’ भन्ने सन्देशसहित सगरमाथाको यात्रा थालेकी थिइन्। यही सन्देश अंकित ब्यानर उनलाई प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले चैत २५ गते हस्तान्तरण गर्दै शुभकामना दिएका थिए।
उक्त ब्यानरसहित सगरमाथा चढ्न सफल भएपछि आइजिपी थापाले उनलाई बधाई तथा प्रशंसा व्यक्त गरेका छन्।
यसअघि आइतबार मात्र सशस्त्र प्रहरीका असई दन्तबहादुर छत्यालले बिहान ९:२० बजे सगरमाथा आरोहण गरेका थिए। उनले ‘सशस्त्र प्रहरी र सगरमाथा संवाद’ लेखिएको ब्यानर सहित सर्वोच्च शिखरमा उपस्थिति जनाएका थिए।
Leave a Reply