काठमाडौँ महानगरपालिका–१६ स्थित पकनाजोलबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ घर भएका ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेका छन्। उनीहरू आइतबार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार उनीहरूको साथबाट १ हजार ६० ग्राम अफिम बरामद गरिएको छ।
हाल काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Leave a Reply