काठमाडौं, जेठ ६ – ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि अब आम सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयरमध्ये ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ। प्रत्येक सेयरको अंकित मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने म्याद जेठ १९ गतेसम्म तोकिएको छ। यदि सो अवधिभित्र माग नपुगेमा आवेदन अवधि जेठ २८ गतेसम्म लम्बिनेछ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता, र कर्मचारीका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर छुट्याइएको थियो।
कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा ‘मेरो सेयर’ प्रणाली मार्फत सी–आस्बा सेवा प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।
Leave a Reply