काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । यो मुद्दा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको हो ।
यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले “हेर्न मिल्ने इजलास” मा पेशी तोक्न सर्वोच्च प्रशासनलाई निर्देशन दिएको थियो । सोहीअनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको थियो ।
तर रवि लामिछानेका तर्फबाट बहस गर्ने वकिल र प्रतिपक्षका वकिलबीच न्यायाधीशहरूसँग व्यक्तिगत सम्बन्ध देखिएकाले “हेर्न नमिल्ने” स्थिति बनेको हो । यसपछि पेशी फेरि सुवेदी–ढकालको इजलासमा सारिएको हो ।
Leave a Reply