गुल्मी — मुसिकोट नगरपालिका–३ को बडागाउँ र वडा नम्बर ७ को वामी जोड्ने झेँदी पुलको निर्माण कार्य सम्पन्न भएको छ। स्वीस सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको लागत कुल पाँच करोड १७ लाख ५० हजार ६६५ रुपैयाँ रहेको छ।
सडक पुल कार्यक्रमका इञ्जिनियर श्रीराम प्रजापतिका अनुसार यो पुल ५६.३० मिटर लामो छ र लामो समयको प्रयासपछि सफलतापूर्वक निर्माण कार्य सम्पन्न गरिएको हो।
यसअघि २०७६ र २०७७ सालको वैशाखमा दुई पटक पुलको संरचना भाँचिएको थियो। त्यसपछि प्रारुपमा परिवर्तन गर्दै नयाँ ढाँचामा निर्माण गरिएको हो। पुलका संरचना भाँचिँदा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको थियो।
Leave a Reply