पश्चिम नवलपरासी — प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामग्राम नगरपालिका–९ कर्मेनी निवासी ४८ वर्षीय सुरेन्द्र प्रसाद हरिजन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय परासी र प्रहरी चौकी गेर्मीको संयुक्त टोलीले प्राप्त गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। टोलीले धर्मशालाको खाट मुनिको बिस्तारामा लुकाइ राखिएको अवस्थामा ५० पुडिया खैरो हिरोइन (नेट तौल ४६.३८० ग्राम) फेला पारेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीर दत्त पन्तका अनुसार हरिजनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
Leave a Reply