नेपालमा बढ्दो विद्युत मागलाई सम्बोधन गर्दै भारतले नेपाललाई थप ६०० मेगावाट विद्युत आपूर्ति गर्न सहमति दिएको छ। अब बिहानको २ बजेदेखि साँझ ५ बजेसम्म, कुल १५ घण्टा भारतबाट थप बिजुली आउने भएको छ — जुन हालको सुक्खायाममा एक राहतपुर्ण खबर हो।
अहिलेसम्म भारतले मार्च १५ देखि सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) मा मात्र विद्युत आपूर्ति गर्दै आएको थियो। तर नेपालमा नदीहरूको बहाव घट्दै गएका कारण जलविद्युत उत्पादनमा कमी आएको छ। त्यसैले विद्युत माग र आपूर्तिबीचको खाडल पूर्ति गर्न भारतबाट थप आयात आवश्यक भएको हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यो थप बिजुली ढल्केवर–मुज्जफरपुर प्रसारण लाइनमार्फत आउनेछ। बिहीबार भारतबाट स्वीकृति पाएपछि राति १२ बजेबाट नै नयाँ आपूर्ति सुरु भएको जानकारी पनि उनले दिएका छन्।

🌊 देशको हालत के छ?
प्राधिकरणका अनुसार हाल नेपालको आन्तरिक विद्युत उत्पादन औसत ११७५ मेगावाट छ, तर उच्चतम माग २०७७ मेगावाटसम्म पुग्ने गरेको छ। उत्पादन र मागको यही ग्यापले गर्दा आयात अपरिहार्य भएको हो।
सबैभन्दा बढी मागको बेला उत्पादन १५९३ मेगावाटसम्म पुग्छ, तर अझै पनि ४८४ मेगावाटसम्मको अपुग भारतको सहयोगबाट पूर्ति हुँदै आएको छ।
⚡ कुन लाइनबाट आउँछ बिजुली?
नेपालले अहिले भारतसँग १३२ केभी लाइनमार्फत अधिकतम ३५० मेगावाट आपूर्ति गर्न अनुमति पाएको छ। तर यतिबेला भारतमै आईपीएलको मौसमले माग बढाएको छ, जसका कारण भारतको बजार (IEX) मा दर पनि उकालो लागिरहेको छ। यसैले बिहारसँग जोडिएका लाइनमार्फत सबै माग पूरा गर्न सकिएको छैन।
हाल मैनहिया–सम्पतिहा लाइनबाट बिहान २ देखि ६ र बेलुका ६ देखि ७ बजेसम्म मात्र ५० मेगावाट बिजुली आपूर्ति भइरहेको छ।
🧾 कति बजे कति मेगावाट?
भारतको इन्डियन एक्सचेन्ज मार्केट (IEX) मार्फत:
- बिहान ६ देखि बेलुका ५ बजेसम्म
- राति ११ देखि बिहान ४ बजेसम्म
नेपालले निर्धारित मूल्यमा विद्युत खरिद गरिरहेको छ।
प्राधिकरणले रातिको समयमा तोकिएको अधिकतम मूल्यमा बोलकबोल गर्न भारतसँग माग पनि गरिरहेको छ।
Leave a Reply