नोरा फतेही काठमाडौँ आउँदै! ‘भ्वाइस अफ नेपाल’का उत्कृष्ट ५ सहित धमाकेदार प्रस्तुति हुँदै

जेठ ३ गते, काठमाडौंको बौद्धस्थित हायात चौर एकदमै गर्मिलो हुनेभएको छ — बलिउड सुपरस्टार नोरा फतेही आफ्नो टोलीसहित धमाकेदार प्रस्तुति दिन नेपाल आउँदैछिन्। ‘दिलबर’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता हिट गीतबाट विश्वभरको दिल जितेकी नोरा अब नेपाली स्टेजमा ‘Live in Nepal’ हुँदै आगो झार्न तयार छिन्।

यो कार्यक्रम सामाजिक संस्था ‘Human Respect Nepal’ को सहयोगार्थ आयोजना गरिएको हो। आयोजक Worldwide Films Network Pvt. Ltd. का अध्यक्ष देव मगरका अनुसार मनोरञ्जनको माध्यमबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने लक्ष्यले यो इभेन्ट आयोजना गरिएको हो।

नोरा एक भिडियो सन्देशमार्फत भन्छिन् — “म काठमाडौँ आउन धेरै उत्साहित छु। यो मेरो पहिलो नेपाल यात्रा हुनेछ। यहाँका दर्शकको मायाले म गहिरो प्रभावित भएकी छु। कार्यक्रमलाई सफल बनाउन तपाईंहरूको साथ चाहिन्छ।”

🇳🇵 नेपाली कलाकारको पनि धमाका

नोरा मात्र होइन, यो स्टेजमा नेपालका चर्चित अनुहारहरूले पनि चमक दिने छन्।

Line-up हेर्नुहोस्:

  • गायक दुर्गेश थापा – नोरा सँगै ‘दुश्मन हेरेको हेरै’ गीतमा सह–प्रस्तुति!
  • नृत्याङ्गना तेरिया फौजा मगर – अवार्ड विजेता र झकास प्रस्तुति
  • नृत्यकार समर्पण लामा
  • भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट ५ – इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रोसेस पाण्डे

कार्यक्रम इभेन्ट म्यानेजर मनिष कार्कीको व्यवस्थापनमा हुनेछ भने ओसिन सिटौलाले संचालन गर्नेछन्। कार्यक्रम बिहान ३ बजेदेखि गेट खुला हुनेछ।

🎫 टिकट कत्तिको?

खल्ती एपमार्फत दर्शकले निम्न दरमा टिकट किन्न सक्नेछन्:

  • रु. 2000
  • रु. 4000
  • रु. 7000
  • रु. 16000 (Premium VIP with special access)

💃 बलिउडको तड्का, नेपालको स्टाइल

नोरा फतेही मुम्बईबाट २० भन्दा बढी डान्सरसँग नेपाल आउँदैछिन्। यस्तो मेगास्टार कार्यक्रम नेपालमा निकै कम हुने हुँदा, यो इभेन्टले पर्यटन प्रवर्द्धननेपालको सांस्कृतिक पहिचानलाई समेत अन्तर्राष्ट्रिय मंचमा पुर्‍याउने विश्वास लिइएको छ।

नृत्याङ्गना तेरियाले भनिन् — “यो हाम्रो लागि अवसर हो। नोरा फतेही अहिले ग्लोबल आइकन बन्नुभएको छ, उहाँसँग स्टेज बाँड्न पाउनु गर्वको कुरा हो।”