भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राममा प्रतिबन्ध, १६ युट्युब च्यानल पनि ब्लक

➤ माहिरा खानदेखि अली जफरसम्मको एकाउन्ट अव भारतमा देखिने छैन, डिजिटल सीमामा पनि तानातानी

Mews Khabar अन्तर्राष्ट्रिय डेस्क | दिल्ली–इस्लामाबाद
भारत–पाकिस्तानबीचको कूटनीतिक तनाव अब केवल सीमामा सीमित छैन, डिजिटल दुनियामै प्रवेश गरिसकेको छ।
भारत सरकारले चर्चित पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता देशभित्र प्रतिबन्ध गरेको छ।
यससँगै १६ वटा पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा पूर्णरूपमा ब्लक गरिएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार भारतमा अब माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, आयजा खान, सजल अली, इकरा अजिज र सनम सईद जस्ता सेलिब्रेटीहरूको इन्स्टाग्राम एकाउन्ट भारतीय प्रयोगकर्ताले पहुँच गर्न सक्ने छैनन्।


📵 इन्स्टाग्राम ‘ब्लक’, अब डिजिटल फ्रन्टमा पनि कडा नियन्त्रण

भारतीय गृह मन्त्रालयले सामाजिक सञ्जालमा फैलने सूचनालाई नियन्त्रणमा लिन देशभित्रका प्लेटफर्महरूलाई कडाइ गर्न निर्देशन दिएको थियो।
त्यसैक्रममा बुधबार प्रसिद्ध पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाता भारतभित्र प्रतिबन्धित गरिएको हो।

सामाजिक सञ्जालमा हुने प्रभाव पनि अब रणनीतिक नीति अन्तर्गत नियन्त्रणमा ल्याइएको छ।
सरकारी अधिकारी


🎬 फिल्मको फ्रेमबाट हटेका तारा: माहिरा, सजल, अली जफर अब देखिदैनन्

यिनै कलाकारहरूमा कतिपयले बलिउडमा पहिले नै अभिनय गरिसकेका छन्

  • माहिरा खान – फिल्म Raees मा शाहरुख खानसँग
  • अली जफरTere Bin LadenMere Brother Ki Dulhan
  • सजल अलीMom मा श्रीदेवीकी छोरीको भूमिकामा

यिनीहरूले लामो समयदेखि बलिउडको सन्दर्भमा चर्चा पाएका थिए। तर अब उनीहरूको इन्स्टाग्राम प्रोफाइल भारतीय प्रयोगकर्ताका लागि ‘अदृश्य’ बनाइएको छ।


🎥 १६ पाकिस्तानी युट्युब च्यानल ब्लक, ARY Digital र HUM TV पनि सूचीमा

गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले १६ वटा पाकिस्तानी युट्युब च्यानलहरू पनि देशभित्रबाट ब्लक गरेको छ।
यी च्यानलहरूमा ARY Digital, HUM TV, Dawn News समेत समावेश छन्।

सरकारी स्रोतअनुसार, यी च्यानलहरूमाथि भारतीय सेना, सुरक्षा एजेन्सी र देशको छविविरुद्ध भ्रामक सामग्री प्रसारण गरेको आरोप लागेको छ।


फवाद खानको इन्स्टाग्राम भने अझै खुला, तर विवाद झन् बाक्लिदै

सुपरस्टार फवाद खानको एकाउन्ट भने अहिले पनि भारतमा उपलब्ध रहेको छ।
उनको कमब्याक फिल्म अबीर गुलाल पहिले नै विवादमा घेरिएको थियो, जुन फिल्मलाई भारत र पाकिस्तान दुवैले प्रतिबन्ध गरिसकेका छन्।

‘सनम तेरी कसम’ फेम मावरा होकने, ‘हिन्दी मिडियम’ अभिनेत्री सबा कमर, युमना जैदी, महविश हयात, वहाज अली, र उर्वा होकने का इन्स्टाग्राम अकाउन्ट हालसम्म खुल्लै रहेका छन्।


⚖️ अदालतको पुरानो आदेश र हालको सरकारी निर्णयबीच द्वन्द्व

सन् २०२३ मा बम्बई उच्च अदालतले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने मागसहितको याचिका खारेज गर्दै भनेको थियो —

राजनीतिक तनावका आधारमा कलाकारलाई सजाय दिनु संविधानविपरीत छ।

तर अहिले आन्तरिक सुरक्षाको कारण देखाउँदै, भारत सरकारले डिजिटल माध्यममै प्रतिबन्धको नीति अपनाएको छ।an