नेपालमा दुईवटा नयाँ पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अगाडि बढ्यो — इन्डियन आयल कर्पोरेसनको सहकार्यमा इन्धन आपूर्ति सहज बनाउने तयारी

नेपालमा इन्धन आपूर्ति प्रणालीलाई दिगो, सुरक्षित र सस्तो बनाउन भारतको इन्डियन आयल कर्पोरेसनले दुईवटा पाइपलाइन र एक आधुनिक ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढाएको छ। अब सिलुगढीदेखि झापाको चारआलीसम्म र अमलेखगञ्जदेखि लोथरसम्म पाइपलाइन विस्तार हुने भएको छ। साथै, झापामा अत्याधुनिक इन्धन भण्डारण स्थल बन्नेछ।

नेपाल आयल निगमको अनुसार यो आयोजना सम्पन्न भएपछि भौतिक रूपमा इन्धन ढुवानीको झन्झट हट्नेछ, ढुवानी खर्च घट्नेछ, र आपूर्ति सहज, सुरक्षित तथा पारदर्शी बन्नेछ। यो योजनाले इन्धन प्रणालीमा नयाँ क्रान्ति ल्याउने विश्वास गरिएको छ।