
काठमाडौं — अमेरिकी सरकारद्वारा प्रत्येक वर्ष सञ्चालन गरिने डाइभर्सिटी भिसा (DV) कार्यक्रममा सहभागी भएकाहरूका लागि खुसीको खबर आएको छ। डीभी २०२६ को नतिजा यही २०८२ साल बैशाख २१ गते (May 3, 2025) दिउँसो ९:४५ बजे (नेपाली समयअनुसार) सार्वजनिक हुने अमेरिकी परराष्ट्र मन्त्रालयले जनाएको छ।
आवेदकहरूले आफ्नो नतिजा हेर्नका लागि dvprogram.state.gov मा गएर Entrant Status Check टुल प्रयोग गर्नुपर्नेछ। त्यसका लागि तपाईंको Confirmation Number, थर (Last Name), र जन्म वर्ष आवश्यक पर्छ।
ध्यान दिनुपर्ने कुरा:
कुनै पनि इमेल, फोन वा हुलाकबाट नतिजा जानकारी गराइने छैन। मात्र आधिकारिक वेबसाइट मार्फत नतिजा हेर्न सकिन्छ। अमेरिकी सरकारले डीभी फारम भर्न वा नतिजा हेर्न कुनै शुल्क लिदैन। शुल्क माग गर्ने कुनै पनि माध्यम ठगी हो।
यदि तपाईं चयनमा पर्नु भयो भने, सोही वेबसाइटमा थप निर्देशिका पाउनु हुनेछ जसअनुसार भिसा आवेदन प्रक्रिया अगाडि बढाउन सकिनेछ। कृपया आफ्नो Confirmation Number सुरक्षित राख्न नबिर्सनुहोस्।
अधिक जानकारीका लागि: dvprogram.state.gov