२१ वैशाख, काठमाडौं – इन्डियन प्रिमियर लिग (IPL) को रोमाञ्च अझ चुलिएको छ। राजस्थान रोयल्सका कप्तान रियान परागले लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै क्रिकेट इतिहासमै दुर्लभ कीर्तिमान रचेका छन्। कोलकत्ता नाइट राइडर्स (KKR) विरुद्धको यस रोमाञ्चक भिडन्तमा परागको बले बल्लबाजको परिभाषा नै फेरिएको देखियो।
१३औं ओभर: मोइन अलीमाथि ५ बल – ५ छक्का, दर्शक होस उडायो!
खेलको १३औं ओभरमा ईङ्ल्यान्डका स्टार अलराउन्डर मोइन अलीमाथि परागले लगातार ५ बलमा ५ छक्का ठोके। ओभरको पहिलो बलमा सिम्रोन हेटमेयरले एक रन लिएपछि बाँकी सबै बलमा परागको विस्फोटक स्ट्रोक खेलमै वातावरण बदल्ने खालको रह्यो।
१४औं ओभरको सुरुवातमै पूरा भयो चमत्कार
अगिल्लो ओभरमा ५ छक्का प्रहार गरेका परागले १४औं ओभरको दोस्रो बलमा पनि छक्का प्रहार गर्दै लगातार ६ बलमा ६ छक्काको अद्भुत कारनामा पूरा गरे।
लक्ष्य २०६ रन, राजस्थानको जवाफ आक्रामक
पहिले ब्याटिङ गरेको KKR ले २०६ रनको विशाल स्कोर खडा गरेको थियो। तर जवाफी ब्याटिङमा राजस्थानको सुरुवातमै धमाका – रियान परागको विस्फोटक पारीले खेलको रङ नै फेरिएको छ।
समाचार तयार पार्दासम्म, पराग ४२ बलमा ९२ रन बनाएर धमाकेदार रूपमा क्रिजमा टिकिरहेका छन्। उनले ५ चौका र ८ छक्का प्रहार गरिसकेका छन्।
क्रिकेटको यो रात, परागको नाममा चम्कियो!
रियान परागको यो इनिङले न केवल खेललाई नाटकीय बनाएको छ, बल्की क्रिकेट इतिहासमा उनको नाम सुनौलो अक्षरमा लेखिने सुनिश्चित भएको छ।
Leave a Reply