रूपन्देही — बुटवलको कालिकापथमा दुई दिनदेखि बेपत्ता रहेका एक युवकको शव मृत अवस्थामा फेला परेको छ। तिलोत्तमा नगरपालिका–२ शंकरनगरका २० वर्षीय गोपाल टण्डनको शव सोमबार बिहान बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको हाइटेन्सन वालभित्र भेटिएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी इन्द्रबहादुर रानाका अनुसार, गोपालको शव फेला परे पनि दुर्घटना शनिबार राति करिब २ बजे भएको अनुमान गरिएको छ। घटनास्थल आसपासको सीसीटीभी फुटेजमा टण्डन चढेको लु ४८ प ३१७० नम्बरको मोटरसाइकल हाइटेन्सन वालमा ठोक्किएको देखिएको छ।
कालिकापथ सडक क्षेत्र बुटवलको ‘ठमेल’ भनेर चिनिने स्थान हो, जहाँ होटल, रेष्टुरेन्ट तथा क्लबहरूको बाक्लो चहलपहल रहन्छ। सोही क्षेत्रमा रहेको विद्युतको हाइटेन्सन पोलको चारैतिर लगाइएको वालभित्र मोटरसाइकल र शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।
शनिबार साँझदेखि गोपाल घर फर्किएका थिएनन्। परिवारले उनलाई हराएको भन्दै प्रहरीमा निवेदन दिएका थिए। प्रहरीको प्रारम्भिक अनुमानमा अनुसार तीव्र गतिमा गइरहेको मोटरसाइकल विद्युतको संरचनासँग ठोक्किँदा घटनास्थलमै उनको ज्यान गएको हुनसक्ने बताइएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको
Leave a Reply