रूपन्देहीको बुटवल–११ कालिकापथस्थित हाइटेन्सन लाइनको पोलमा मोटरसाइकल ठोक्किँदा तिलोत्तमा नगरपालिका–२ का २० वर्षीय गोपाल टण्डनको मृत्यु भएको छ। शनिबारदेखि बेपत्ता रहेका टण्डनको शव आइतबार हाइटेन्सन पोलमुनि फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटना राति २:१५ बजे भएको सिसिटिभीमा देखिएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल पोलनजिक थुपारिएको निर्माण सामग्री हुँदै पोलमा ठोक्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply