भैरहवा, २२ बैशाख।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले करार पदपूर्तिका लागि तय गरिएको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ।
नगरपालिकाले सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, र प्राविधिक सहायक पदमा दरखास्त आह्वान गरेको थियो। तर, सोमबार जारी गरिएको सूचनामा “विशेष कारणबस अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको” उल्लेख गरिएको छ।

यसअघि बैशाख १६ गते प्राविधिक सहायक पदको प्रक्रिया पनि रोकिएको थियो।
📅 सहायक कम्प्युटर अपरेटरको परीक्षा बैशाख २३ गते र कार्यालय सहयोगीको परीक्षा बैशाख २५ गते हुने तय भएको थियो।
अब परीक्षा कहिले हुने भन्ने बारेमा नयाँ सूचना प्रतिक्षामा रहन नगरवासीहरूलाई आग्रह गरिएको छ।
Leave a Reply