२०७२ सालमा संविधान आएदेखि अहिलेसम्मको राजनीतिक नाटकमा मुख्य तीन पात्र—ओली, देउवा र प्रचण्ड—ले म्युजिकल चियर खेलेजस्तै गरिरहे। कहिले ओली कुर्सीमा, कहिले देउवा लाइनमा, अनि प्रचण्ड चुपचाप आँखा गडाएर च्याँखे दाउमा।
संविधानले दिएको सपना—संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सुशासन, समृद्धि—सबै बिर्सिएर सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित छन् मुख्य दलहरू। जनताको गुनासो बढेको छ तर विकल्प दिने नयाँ शक्ति अझै फाइन्को लुगामा दौडिरहेछन्।
सत्तामा बारम्बार पुरानै अनुहार दोहोरिँदा, आम जनताले थकित महसुस गरिरहेका छन्। तर दोष मात्रै तीन नेतालाई दिएर छुट्कारा छैन—पार्टी संरचना र निर्वाचन प्रणाली पनि त्यत्तिकै दोषी छन्, जहाँ दोस्रो पुस्ता उकालो चढ्नै पाउँदैन।
विश्लेषक झलक सुवेदी र डम्बर खतिवडाको कथन अनुसार,
- आन्दोलनबाट स्थापित नेताहरूको वर्चस्वले नयाँ अनुहारलाई मौका नपाएको हो।
- सत्ता ढल्नु वा नढल्नु अहिलेको सन्दर्भमा खासै अर्थ राख्दैन, जबसम्म पुरानै सोच र शैली दोहोरिन्छ।
ओलीको हातमा सत्ताको ह्याण्डल अझै छ, तर देउवा लाइनमा छन्। प्रचण्ड पनि ३२ सिटको जादु संजोएर कुर्सीतिर नजर गडाइरहेका छन्—तर उनी भन्छन्, ‘हाम्रो ध्यान त जनतामै छ।’
Leave a Reply