राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले नेपाल विद्युत प्राधिकरण (NEA) ले सार्वजनिक गरेको श्वेतपत्रमाथि गम्भीर प्रश्न उठाएकी छिन्।
उनको दाबी अनुसार, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जसरी श्वेतपत्रमार्फत प्राधिकरण नाफामा गएको बताउँदै आएका छन्, त्यो वास्तवमा घाटा भएको जस्तो देखिन्छ।
श्रेष्ठले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनिन्—“सरकारी संस्थानको लेखाजोखा गर्ने जिम्मा त महालेखापरिक्षकको कार्यालयको हो।” उनले यो पनि स्पष्ट गरिन् कि श्वेतपत्रले एकपक्षीय रूपमा घाटाको भाष्य स्थापित गर्ने प्रयास गरेको देखिन्छ, त्यसैले महालेखापरिक्षकको कार्यालयले यसको बारेमा स्पष्ट प्रष्टीकरण दिनुपर्ने आवश्यकता छ।
सांसद श्रेष्ठको टिप्पणीले प्राधिकरणको वित्तीय पारदर्शिता र नाफा-घाटाको विवरणमा कति सत्यता छ भन्ने बहसलाई फेरि तातो बनाएको छ।
नेपाल विद्युत प्राधिकरण र कुलमान घिसिङको नेतृत्वमा गरिएको वित्तीय निर्णय र सार्वजनिक दाबीहरू अब नयाँ छानबिनको घेरामा पर्ने संकेत देखिएको छ।
Leave a Reply