बलिउड स्टार अजय देवगनको बहुप्रतीक्षित फिल्म ‘रेड २’ ले रिलिज भएको केही दिनमै बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्दै सबैको ध्यान तानेको छ। भारतीय मिडिया नवभारत टाइम्स का अनुसार, फिल्मले भारतमै मात्र पाँच दिनमा ₹७९ करोड कमाइ गरिसकेको छ भने विश्वभरबाट कूल कमाइले ₹१०० करोड भारूको आँकडा पार गरिसकेको छ।
केवल ₹४८ करोडको बजेटमा निर्माण गरिएको यो फिल्मले छोटो समयमै दोब्बरभन्दा बढी कमाइ गर्दै सुपरहिटको ट्र्याकमा आफूलाई उभ्याइसकेको छ।
राजकुमार गुप्ताको निर्देशनमा बनेको ‘रेड २’ मा अजय देवगनसँगै रितेश देशमुख, वाणी कपूर, रजत कपूर, सौरव शुक्ला, र रवीना टन्डनको दमदार अभिनय देख्न पाइन्छ।
सन् २०१८ मा आएको सुपरहिट फिल्म ‘रेड’ को यो सिक्वेल हो, जसले पहिलो भागको कथा, एक्सन र इमोशनलाई अझ गहिराइ दिएको छ। अजय देवगनको इन्कम ट्याक्स अफिसरको शक्तिशाली रोललाई दर्शकहरूले पुनः अत्यन्त रुचाएका छन्।
व्यापार विश्लेषकहरूको भनाइ अनुसार, यदि यस्तै ट्रेन्ड कायम रह्यो भने फिल्मले दोस्रो हप्तामा झनै आक्रामक कमाइ गर्ने सम्भावना प्रवल छ।
Leave a Reply