भारत र पाकिस्तानबीचको तनाव फेरि एकपटक सैन्य भिडन्तमा रुपान्तरण भएको छ। भारतले जम्मु–कश्मीरको पहलगाम क्षेत्रमा भएको घटनालाई लिएर पाकिस्तानमाथि “अपरेसन सिन्दुर” नाम दिँदै तीनवटा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, यो मिसाइल आक्रमणमा पाकिस्तानका ९ आतङ्कवादी अड्डा ध्वस्त पारिएको दाबी गरिएको छ। यता पाकिस्तानले पनि भारतबाट प्रहार भएको आक्रमण स्वीकार गर्दै, “यसको जवाफ दिइनेछ” भन्ने स्पष्ट चेतावनी दिएको छ।
हालसम्म हताहतको विवरण सार्वजनिक भएको छैन, तर यस घटनाले दुबै परमाणु शक्ति सम्पन्न राष्ट्रहरूबीचको तनावलाई नयाँ उचाइमा पुर्याएको छ।
अन्तर्राष्ट्रिय समुदायले पनि यो स्थितिमा गहिरो निगरानी राखिरहेको जनाइएको छ।
भारतको “अपरेसन सिन्दुर”लाई आतङ्कवादविरुद्धको कडा सन्देशको रूपमा लिइएको छ भने पाकिस्तानले यसलाई आक्रामक उक्साहट भन्दै विरोध जनाएको छ।
यो घटनाले दक्षिण एशियाली भू–राजनीतिक अवस्था फेरि एकपटक अस्थिर बनाएको छ र यसले समग्र क्षेत्रीय शान्तिमा गम्भीर असर पार्नसक्ने अनुमान गरिएको छ।
Leave a Reply