सुनको मूल्य तोलामा १७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको हो ।

महासंघले दिएको जानकारी अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम गरिएको छ । मंगलबार सोही सुनको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य भने स्थिर छ । मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य बुधबार पनि परिवर्तन भएको छैन ।