नेपालकै विशाल इभेन्ट भेन्यू ‘Majestic Grand’ ललितपुरको एकान्तकुनामा सञ्चालनमा

नेपालको इभेन्ट उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यसाथ, ललितपुरको एकान्तकुनामा ‘Majestic Grand’ नामक अत्याधुनिक र भव्य इभेन्ट भेन्यू सञ्चालनमा आएको छ। लगभग २० रोपनी क्षेत्रफलमा फैलिएको यो भेन्यू सम्भवतः नेपालकै सबैभन्दा ठूलो इभेन्ट स्थल हो, जहाँ दुईवटा इनडोर हल—Majestic Grand र Majestic Crown रहेका छन्।

विवाह, व्रतबन्ध, फेसन शो, म्युजिकल कन्सर्ट, प्रडक्ट लञ्च, विश्वविद्यालयको ग्र्याजुएसन, गोष्ठी, सेमिनार, र destination wedding का लागि लक्षित यो भेन्यू पूर्ण रूपमा सुसज्जित र international standard अनुसार तयार गरिएको हो।
यहाँ कार्यक्रम आयोजना गर्दा बाहिरबाट केही ल्याउन आवश्यक छैन—high-end sound system, LED walls, programmable lighting, video projection, staging आदि सबै सामग्री स्थायी रूपमा इनबिल्ट छन्।

सञ्चालक सुरज कार्कीका अनुसार, Majestic Grand लाई “नामजस्तै भव्य” बनाउन डिजाइन, कन्सेप्ट, सुविधा र अनुभवमा कुनै कसर बाँकी नराखिएको हो।

RG Creations Nepal द्वारा डिजाइन गरिएको यो मास्टरपिस भेन्यूले १४,००० र १०,००० sq. ft. इनडोर हलसहित, २५,००० sq. ft. garden area प्रदान गर्छ।
पार्किङ सुविधामा पनि Majestic Grand उत्कृष्ट छ — जहाँ ३०० कार र ५०० मोटरसाइकल सहज रूपमा पार्क गर्न मिल्छ।

ग्राहकको बजेटअनुसार Silver, Gold र Diamond menu options राखिएको छ। साथै विवाह कार्यक्रमका लागि पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, सिंगो प्याकेज सेवा उपलब्ध गराइएको छ।

Majestic Grand अबको पुस्ताको सोचअनुसार बनेको, आधुनिक, पूर्ण सुविधासम्पन्न इभेन्ट भेन्यू हो — जसले नेपालको इभेन्ट मार्केटमा नयाँ मापदण्ड स्थापना गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।