भारतले ‘अप्रेसन सिंदूर’ सुरु गरेपछि भारतीय आकाशमा हवाई सुरक्षा बढाइएको छ र यसको प्रत्यक्ष असर हवाई यातायातमा परेको छ। एयर इन्डिया, स्पाइसजेट र इन्डिगो जस्ता प्रमुख एयरलाइन्सहरूले ट्राभल एडभाइजरी जारी गर्दै यात्रुहरूलाई सजग रहन आग्रह गरेका छन्।
एयर इन्डियाले ७ मे दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोट जान–आउनका सबै उडान रद्द गरेको छ। अमृतसरका लागि तय दुई अन्तर्राष्ट्रिय उडानहरूलाई दिल्ली डाइभर्ट गरिएको छ।
स्पाइसजेटले धर्मशाला, जम्मू, श्रीनगर, लेह र अमृतसरजस्ता विमानस्थलहरूलाई अर्को सूचना नआएसम्म बन्द गरिएको जनाएको छ।
इन्डिगोले पनि श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़ र धर्मशालातर्फका उडानहरू प्रभावित भएको पुष्टि गरेको छ।
Leave a Reply