जसपा नेपाल : कोशी प्रदेशअन्तर्गत चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
काठमाडौँ, वैशाख २५ – जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशअन्तर्गत रहेका चार जिल्ला समितिहरूका लागि अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी स्रोतका अनुसार धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिहरूले आगामी दिनहरूमा अधिवेशन सम्पन्न गर्ने भएका छन्।
कार्यतालिका अनुसार, धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रवार वैशाख २६ गते धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा उद्घाटनका साथ हुने बताइएको छ।
सङ्खुवासभा जिल्ला समितिको अधिवेशन शनिवार वैशाख २७ गते खाँदबारीको होराइजन होटलको सभाहलमा आयोजना गरिनेछ।
मोरङ जिल्ला अधिवेशन भने दुई दिनसम्म वैशाख २९ र ३० गते विराटनगरस्थित मारवाडी सेवा सदनको सभाहलमा सञ्चालन हुनेछ।
त्यस्तै, सुनसरी जिल्ला समितिको अधिवेशन वैशाख ३० र ३१ गते इनरुवास्थित सत्यनारायण मन्दिरमा हुने जानकारी पार्टीले दिएको छ।
पार्टीका अनुसार अधिवेशनमार्फत संगठन सुदृढीकरण, नीति तथा कार्यक्रम पुनरावलोकन, र आगामी राजनीतिक रणनीतिमाथि छलफल गरिनेछ।
Leave a Reply