काठमाडौँ । भारतको प्रतिष्ठित धार्मिक संस्था निरञ्जनी अखडाका प्रमुख स्वामी कैलाशानन्द गिरीले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज शिष्टाचार भेट गरेका छन्।
स्वामी गिरी वैशाख १५ गतेदेखि नेपाल भ्रमणमा छन्। भ्रमणको क्रममा उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजाआजा गरेसँगै लुम्बिनी, गोसाइकुण्ड, दामोदरकुण्ड र दक्षिणकालीजस्ता धार्मिक स्थलहरूको पनि दर्शन गरेका छन्। धार्मिक सहकार्य र सांस्कृतिक सम्बन्ध विस्तारको सन्देशसहित भएको भेटमा क्षेत्रीय धार्मिक पर्यटन र अध्यात्मिक सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।
देउवाले स्वामी गिरीलाई नेपालको धार्मिक सहिष्णुता र सांस्कृतिक विविधताको विषयमा जानकारी दिँदै यस्तो भ्रमणले भारत–नेपाल सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका थिए।
यस प्रकारका भेटघाटहरूले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धलाई अझ सशक्त बनाउने विश्वास गरिन्छ।
Leave a Reply