काठमाडौँ — तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईँसहित २४ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ। न्यायाधीश मोना सिंहको इजलासले राज्यविरुद्धको कसुर अन्तर्गत सातौँ पटक हिरासत म्याद थप गर्ने आदेश दिएको हो।
उनीहरूलाई पछिल्लोपटक वैशाख २१ गते म्याद थप गरिएको थियो। तर अनुसन्धान अझै अपूरा भएकाले प्रहरीले पुनः अदालतबाट म्याद थपका लागि अनुमति मागेको हो। अदालतले सो अनुरोधलाई स्वीकृति दिँदै अनुसन्धानका लागि ५ दिनको थप समय प्रदान गरेको हो।
यसैबीच, सोही मुद्दामा अनुसन्धान भइरहेकै क्रममा राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने क्यान्सर उपचार प्रयोजनका लागि रिहा भएका छन्।
Leave a Reply