फिल्म ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटीको भव्य इन्ट्री

काठमाडौँ — चलचित्र ‘महाराजाधिराज’ मा अभिनेत्री वर्षा शिवाकोटी भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण युनिटले उनलाई अनुबन्ध गरेको हो । आर्यन सिक्देल, रमेश उप्रेती र पल शाहपछि वर्षालाई समेत मुख्य पात्रको रूपमा चयन गरिएको हो ।

चलचित्रको निर्देशन परिच्छेद सेनले गरिरहेका छन् । उनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । ‘महाराजाधिराज’ आउँदो फूलपातीका दिन सार्वजनिक हुने तयारीमा रहेको छ ।

यस फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले निर्माण गरेको ‘बुलाकी’ चलचित्रले राष्ट्रिय अवार्ड जितेको थियो । फिल्मका निर्माता टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहेका छन् ।