२६ वैशाख, काठमाडौं । देशभर हाल पश्चिमी वायु, स्थानीय प्रणाली, र बंगालको खाडी तथा अरब सागरबाट आउने जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद गोविन्द झाको भनाइ छ। उनका अनुसार देशका अन्य भूभागहरूमा भने मौसम सामान्यतया सफा रहनेछ।
‘हाल मौसममा खासै ठूलो अवरोध छैन,’ झाले बताए, ‘तर प्रिमनसुनको समय भएकाले आंशिक बादल देखिनु र केही पहाडी क्षेत्रमा आइसोलेटेड वर्षा हुनु स्वाभाविक हो।’
महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने छ। साथै, हिमाली क्षेत्रका उच्च भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेको जानकारी दिइएको छ।
Leave a Reply